स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सेभिया भिड्दै

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सेभिया भिड्दै
शुक्रबार, असार ५, २०७७

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्गर्तत आज शीर्ष स्थानको बार्सिलोना र सेभियाबीच प्रतिस्पर्धा हुँदैछ । बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी सेभियासँग उसैको मैदानमा खेल्नेछ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

सेभियाको मैदानमा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ । लिग लिडर बार्सिलोना दोस्रो स्थानको रियल भन्दा २ अंकले अघि रहेको छ । सेभियालाई पराजित गरे बार्सिलोनाले अग्रता ५ अंकको बनाउने छ ।

तर, बलियो टिम सेभियाविरुद्ध जित निकाल्न बार्सिलोनालाई कठिन हुने देखिएको छ । ला लिगा अन्तर्गत नै आज ग्रानडाले भिया रियलसँग खेल्नेछ । त्यस्तै मालोर्काले लेगानेसको सामना गर्नेछ ।