भाल्डोइडविरुद्ध एट्लेटिको मड्रिडको जित

भाल्डोइडविरुद्ध एट्लेटिको मड्रिडको जित
आइतवार, असार ७, २०७७

काठमाडौं। ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले भाल्डोइडविरुद्ध  जित निकालेको छ।

एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मोट्रोपोलिटियानो रंगशालामा भएको खेलमा भाल्डोइड १–० गोल अन्तरले पराजय भएको हो।

जितका लागि भिटोलोले खेलको ८१ औं मिनेटमा गरेको गोल  निर्णायक बन्यो। समान ५२ अंक रहेकोे सेभियालाई पछि पार्दै एट्लेटिको तेस्रो स्थानमा उक्लिएको हो। हारको समाना गरेको भाल्डोइड ३३ अंकका साथ १५ औं स्थानमा कायम छ।

ला लिगमा गएरति नै सम्पन्न अर्को खेलमा एस्पानोयलकै मैदानमा लेभान्टेले घरेलु टोलीलाई ३–१ गोल हराएको छ।