पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा पोर्न भिडियो बजेपछि….

पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा पोर्न भिडियो बजेपछि….
सोमवार, असार ८, २०७७

काठमाडौं – नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ मार्फत बैठक गर्दै गर्दा पोर्न भिडियो बजेको छ ।

कार्यक्रमको प्रमुख अतिथि बनाइएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बोल्न थालेलगत्तै एक्कासी पोर्न भिडियो बजेपछि बैठकमा सहभागी भएकाहरू मुखामुख गर्न थाले । एकैछिनमा सन्नाटा छायो ।

पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।

त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वका धेरैजसो देशहरुमा भेटेर बैठक गर्नुभन्दा जुम एपको प्रयोग गरी भर्चुअल माध्यमबाट बैठक हुने गरेको छ ।

यस्ता बैठकमा पछिल्ला समयमा ह्याकरहरुले अनधकृति रुपमा ‘एक्सेस’ गरेर अश्लील भिडियो बजाइदिने पनि गरेका छन् ।

पर्यटनमन्त्री सह्रिक सहभागी भएको उक्त बैठकमा अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेको ‘ह्यारिस’ नामको आईडीबाट यस्तो गतिविधि भएको बताइएको । भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए ।