क्लेयर कनर एमसीसीको अध्यक्षमा नियुक्त

क्लेयर कनर एमसीसीको अध्यक्षमा नियुक्त
बिहिबार, असार ११, २०७७

एजेन्सी । इंग्ल्यान्ड महिला क्रिकेट टिमकी पूर्व प्रशिक्षक क्लेयर कनरलाई मेरिलेबोन क्रिकेट क्बल (एमसीसी) को अध्यक्षमा नियुक्त गरिएको छ ।

विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीले बुधबार कनरलाई नयाँ अध्यक्षमा चयन गरेको हो । एमसीसीको अध्यक्ष बन्ने उनी पहिलो महिला हुन् । क्लबको २ सय ३३ वर्षे इतिहासमा एमसीसीले पहिलो पटक महिला अध्यक्ष पाएको हो ।

कनर २०२१ को अक्टोबर १ बाट एमसीसीको अध्यक्ष हुने छिन् । उनी इंग्ल्यान्डको महिला टिमको पूर्व प्रशिक्षक समेत हुन् ।