निधन भएको ११ औं दिनमा सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

निधन भएको ११ औं दिनमा सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक
बिहिबार, असार ११, २०७७

एजेन्सी । भारतीय अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको ११ औं दिनमा पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टमा सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

भारतीय मिडियाले पोष्टमार्टममा ५ जना डाक्टर सहभागी भएको बताएका छन् । सुशान्तको निधनपछि प्रहरीले उनको परिवार, साथीहरु, घरमा काम गर्ने स्टाफ, प्रेमिका, म्यानेजर लगायतसँग बयान लिएको थियो ।

सुशान्तको निधनपछि केही सेलिब्रेटी र साथीहरुले आत्महत्या नभएर हत्या भएको टिप्पणी समेत गरेका थिए । गत जुन १४ मा घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।