प्रिमियर लिगको उपाधी लिभरपुललाई

प्रिमियर लिगको उपाधी लिभरपुललाई
शुक्रबार, असार १२, २०७७

काठमाडौं। इङ्ग्लीस प्रिमियर लिगमा चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गर्दा लिभरपुलले उपाधि उचालेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दा लिभरपुल च्याम्पियन बनेको हो । योसँगै लिभरपुलले पछिल्लो ३० वर्ष पछि उपाधि उचाल्दै लिगको बलियो टोलीको रुपमा आफुलाई स्थापीत गरेको छ ।

लिभरपुलले यसअघि सन् १९८९–९० को सिजनमा उपाधि उचालेको थियो । त्यसपछिको पहिलो उपाधि हात पारेको लिभरपुलका समर्थकले एनफिल्ड बाहिर ¥यालि गरेका छन् ।

नोबेल कोरोना भाइसले गर्दा सार्वजनिक स्थानमा भेला नहुन सरकारको निर्देशन भएपनि पहिलो पटक लिगको उपाधि जितेको लिभरपुलका समर्थक सडकमा उत्रिएर जितको उत्सव मनाएका छन् । उनीहरुले लिभरपुलको घरेलु मैदानबाहिर क्लबको जर्सिसहित आएर उत्सब मनाएका हुन् ।

यस्तै, चेल्सी र सिटीको खेल हेरेर बसेका लिभरपुलका गोलकिपर एलिसन, डिफेन्डर भर्जिल भान डिज्क र मिडफिल्डर एलेक्स ओक्सलादे च्याम्बिरलिन लगायतले कोठामै जितको उत्सब मनाएका छन् । लिभरपुल लिगको १० औं स्थानमा हुँदा क्लबमा प्रवेश गरेका प्रशिक्षक योर्गन क्लबले यहाँसम्मको यात्रा निकै संघर्षपूर्ण र अविश्वसनिय रहेको बताएका छन् ।

लिभरपुलमा आएको साढे चारवर्षमा क्लोपले शीर्ष दुई उपाधि दिलाएका छन् । अघिल्लो सिजनमा लिभरपुलले च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो ।