किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)
शुक्रबार, असार १२, २०७७

काठमाडौं-मनसुन सुरू भएसँगै किसान अहिले खेतिपातीमा व्यस्त हुन थालेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनले व्यापार व्यवसाय ठप्प हुँदा किसानको दैनिकी भने दिन प्रतिदिन व्यस्त हुन थालेको छ ।

त्यसमा पनि लकडाउनले युवापुस्ता गाउँ फर्कँदा खेतिपाती लगाउन र उठाउन सजिलो भएको किसानहरूको भनाई छ ।

यता, तराई जिल्ला नवलपरासीमा यतिबेला धान रोप्ने चटारो छ । नवलपरासी जिल्लाको पुर्बी भेगमा पर्ने बर्दघाट नगरपालिका, पश्चिमी भेगमा पर्ने रामग्राम नगरपालिका, भारतको सिमावार्ती भागका केही गाउँहरुमा आज भोलि धान रोप्ने चटारो चलेको छ ।

धानको बीउ काड्दै नवलपरासीका किसान ।

गतवर्ष भन्दा यसवर्ष नवलपरासीमा १५/२० दिन अगावै धान रोपाई भएको छ । लकडाउनले व्यापार व्यवसाय समेत ठप्पप भएकाबेला समयमै वर्षभएपछि आकाशे पानीको भर पर्नुपर्ने नवलपरासीका किसानलाई खोजेजस्तै अवसर मिलेको छ ।

कृषिलाई बैकल्पिक पेसाका रूपमा अंगालेका किसानले रोपाईलाई पर्वजस्तै लिनेगरेका छन् । नेपाल सरकारले जारी गरेको लकडाउन अवधिमै खेतवारीमा रोपाईका लागि व्यस्त रहेका किसानहरुर्लाइ अहिले लकडाउन हटाएको अवधिमा धान रोप्न भ्याइनभ्याई नभएको कृषक बिष्णु पाठक बताउँछन् ।

बीउ तयार पार्दै किसान

गर्त बर्षभन्दा यसवर्ष धान रोपाई छिटो भएको छ । विश्वभर फैलिएको महामारी कोरोना भाइरसको संक्रमित नवलपरासीमा पनि देखा परेको अवस्थामा नियमित धान रोप्ने समयमा खेताला र ट्याक्टर नभेटिने चिन्ताले यस वर्ष १५/२० दिन पहिले नै खेत रोप्न थालिएको हो ।

नवलपरासी जिल्लामा अहिलेसम्म ९० प्रतिशत धान रोपाई सकिएको छ । २१ हजार १ सय ७५ हेक्टर धान रोपाई हुनेगरेको नवलपरासीमा ९० हजार ३ सय ५४ मेट्रिक्टन धान उत्पदन हुने कृषि ज्ञान केन्द्र नवलपरासीको अनुमान छ ।

धान रोप्ने तयारीमा रोपाहार
धान रोप्न तयार भएको खेतमा एक युवा
बीउ तयार पार्दै किसान
खेतका गह्रामा बीउ पुर्‍याउँदै किसान