भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु

भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु
आइतवार, असार १४, २०७७

काठमाडौं-भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु भएको छ। उनीहरुको श्योक नदीमा डुबेर मृत्यु भएको बताईएको छ । मृत्यु हुनेमा नायक सचिन मोरे र लान्स नायक सलीम खान रहेका छन् ।

पुल निर्माणको क्रममा रहेका उनीहरु नदीमा डुबेको बताइएको छ । १५ जूनमा भएको चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा सोही क्षेत्रमा २० भारतीय सैनिक मारिएका थिए ।