भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल सिंह नियुक्त

भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल सिंह नियुक्त
आइतवार, असार १४, २०७७

काठमाडौं-नेपाली राष्ट्रिय भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंहलाई नियुक्त गरिएको छ । राष्ट्रिय खेलकुद परिषद राखेप ले सिंहलाई आज प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।

विस २०७७ असार १० गतेको सदस्य सचिव स्तरीय निर्णयअनुसार उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको राखेपले जनाएको छ । २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए ।