आजबाट शेयर कारोबार खुल्दै, लगानीकर्ताले घरैबाट कारोबार गर्न सक्ने

आजबाट शेयर कारोबार खुल्दै, लगानीकर्ताले घरैबाट कारोबार गर्न सक्ने
सोमवार, असार १५, २०७७

काठमाडौं- कोरोना भाइरस महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेसँगै बन्द भएको सेयर बजार तीन महिनाभन्दा लामो समयपछि सोमबारबाट पुनः खोलिने भएको छ ।

यसबीचमा लकडाउन केही खुकुलो बनाउँदा दुई दिन खुलेको सेयरबजार पुनः बन्द गरिएको थियो ।

सरकारले असार १ देखि नै लकडाउन खुकुलो बनाए पनि धितोपत्र बोर्डले सेयर बजारमा ठूलो गिरावट आउनसक्ने र त्यसले बजारको स्थायित्वमै समस्या सिर्जना गर्ने भन्दै सेयर कारोबार खोल्न ढिलाइ गरेको थियो ।

लगानीकर्ताले चौतर्फी दबाब दिएपछि नियामक निकायले १५ असारदेखि सेयर बजार खोल्न निर्देशन दिएको छ ।