क्यानले गर्यो चार कमिटी विस्तार

क्यानले गर्यो चार कमिटी विस्तार
सोमवार, असार १५, २०७७

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान ले प्रतियोगिता कमिटीसहित विभिन्न चार कमिटीको विस्तार गरेको छ ।

क्यानले प्रतियोगिता कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटीमा सदस्य थप गर्दै कमिटी विस्तार गरेको हो ।

यस अघि बनाईएको चार कमिटीलाई विस्तार गरिएको हो । यस अघि क्यानले संयोजक चयन गर्दै चार कमिटी बनाएको थियो । तर, कमिटीमा सदस्यहरु रहेका थिएनन् ।

प्रसान्त बिक्रम मल्लको संयोजकत्वमा रहेको प्रतियोगिता कमिटीमा दाउद अन्सारी, ऋषिराम गौतम, बिक्रम बिष्ट र कैशाल बिष्टलाई सदस्य राखिएको छ ।

यस्तै संजय राज सिंहको संयोजकत्वमा रहेको टेक्निकल कमिटीमा विरेन्द्र बहादुर चन्द, अमित बिर पाण्डे, अरुण कुमार अर्याल र संजय गुरुङलाई ल्याईएको छ ।

रोशन कुमार सिंहको संयोजकत्वमा रहेको फाइनान्सियल कमिटीमा माधव कर्माचार्य र दुर्गा राज पाठक थपिएका छन् ।

यस्तै मिडिया कमिटीमा भानु भक्त सिग्देल सदस्यको रुपमा आएका छन् । यस कमिटीको संयोजक अशोक नाथ प्याकुरेल रहेका थिए ।

नयाँ नेतृत्व आएपछि बसेको क्यानको पहिलो बोर्ड बैठकले चार कमिटी गठन गरेको थियो ।