सप्तरीमा ५ विगाह धान खेत डुव्यो, रासायनिक मलको अभाव झैल्दै किसान

सप्तरीमा ५ विगाह धान खेत डुव्यो, रासायनिक मलको अभाव झैल्दै किसान
सोमवार, असार १५, २०७७

सप्तरी, राष्ट्रिय धान दिवस सप्तरीका किसानले आआफ्नो खेतमा रोपाई गरेर मनाएका छन् ।

सिंचाई सुविधा नपुगेका जिल्लाका अधिकांश खेतहरुमा वर्षाले साथ दिएपछि किसानहरुले धान रोप्न पाएका हुन् । रोपाईका लागि बेर्ना तयार भएको र वर्षा पनि समयमै हुँदा जिल्लाका किसानहरुमा उत्साह थपिएको भन्दै कृषक खुसि भएका छन् ।  मौसमले साथ दिएपनि समयमै मलखाद उपलब्ध हुन नसक्दा किसानहरु समस्यामा परेका छन्।

देशकै सबैभन्दा पुरानो चन्द्र नहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर गरि तीनवटा नहरहरुबाट सिंचाई सुविधा व्यवस्था गरिए पनि मर्मत सम्भारको अभावले गर्दा कमान्ड क्षेत्र भित्र पानी पुग्न नसक्दा जिल्लाका अधिकांश भू–भागमा धान खेतीका लागि आकाशे भर पर्नु पर्ने अवस्था छ ।

केहीदिनयता लगातार भइरहेको वर्षाले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका किसान भने चिन्तामा डुबेका छन् । निरन्तरको वर्षाले १२ कठ्ठा जग्गामा लगाइएको धान खेती डुवानमा पर्दा आफू समस्यामा परेको तिलाठी कोइलाडी गाउँपालिका २ लोनियाका कृषक दिनेश मण्डलले बताए ।

तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंह लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, बसाईन र तिलाठीका गरि करिब ५ सय बिगहा जग्गामा लगाइएको धान खेती डुवानमा पर्दा चिन्तीत छन् ।

धान खेती डुवानमा पर्दा कृषकहरु समस्यामा परेको भन्दै उनीहरुलाई सहयोग गर्न गाउँपालिकाले आवश्यक पहल थालेको सिंह बताउँछन् । सप्तरीमा कूल ७० हजार हेक्टर खेती योग्य जग्गा रहेको छ ।

त्यसमध्ये ५९ हजार २ सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्र यादवका अनुसार जिल्लामा हालसम्म करिब २० प्रतिशत जग्गामा धान रोपाई भइसकेको छ ।