संघीय संसदद्वारा संसद दिवसको शुभकामना

संघीय संसदद्वारा संसद दिवसको शुभकामना
मङ्लबार, असार १६, २०७७

काठमाडौं- आज असार १६ अथार्त संसद दिवस । २०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जनविनर्वाचित संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संयुक्त विज्ञप्ति निकाल्दै शुभकामना दिएका छन् ।

विज्ञप्तिमा संसदीय अभ्यासलाई सुधार गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।

विज्ञप्तिमा जनतका प्रतिनिधिमार्फत शासन संचालन गरिने सर्वोत्तम शासन व्यवस्थाको रुपमा संसदीय शासन प्रणालीलाई लिइने उल्लेख छ ।

साथै, संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मुल्य र मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने संघीय संसदका सभामुख र अध्यक्षले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम नगरिने जनाइएको छ ।