‘सिल्ट फ्लसिङ’का लागी धौलीगंगा बाँध खोल्दै भारत,तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

‘सिल्ट फ्लसिङ’का लागी धौलीगंगा बाँध खोल्दै भारत,तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
मङ्लबार, असार १६, २०७७

दार्चुला । भारतस्थित तपोवन, धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाधको ढोका आज (सोमबार) मध्यराति खोलिने भएको छ।

परियोजनाको ड्यामसाइटमा ‘सिल्ट फ्लसिङ’ काम गर्नुपर्ने भएकाले ढोका खोल्न लागिएको बताईएको छ ।

भारतले पठाएको पत्रअनुसार बाँध आज राति १२ बजेदेखि भोलि (मंगलबार) साँझ पौने ७ बजेसम्म खोलिने भएको हुनाले महाकाली नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै दार्चुला सतर्कता अपनाउन सम्बन्धित स्थानका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले व्यास गाउँपालिका वडा नम्बर ५, धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई सतर्ककता अपनाउन दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले सूचनामार्फत आग्रह गरेका हुन्।