नेकपा स्थायी कमिटी बैठक बस्दै

नेकपा स्थायी कमिटी बैठक बस्दै
मङ्लबार, असार १६, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। गत बुधबारदेखि सुरु भएको स्थायी कमिटीको पाँचौं बैठकमा ७ ओटा एजेण्डा तय गरी छलफल भइरहेको छ ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्ने छ ।  नेकपाको बैठकमा सरकारको काम, पार्टी एकताको काम, एमसिसी लगायतका विषय एजेन्डामा छन्।

शुक्रबार र शनिबारको बैठकमा सीमा समस्या र समाधानका विषयमा छलफल भएका छन्। शुक्रबार १८ सदस्यले धारणा राखेका थिए भने शनिबार २१ सदस्यले धारणा राखेका थिए।

आइतबार ओलीले भारत र नेपालका शक्तिलाई आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपा बैठकमा त्यसको प्रभाव कस्तो पर्छ भनेर चासोपूर्वक हेरिएको छ।

प्रधानमन्त्री ओलीले अपेक्षाकृत काम नगरेको र विवादित काम गरेको भन्दै गत वैशाखदेखि पार्टीभित्रैबाट उनको विकल्पको माग उठिरहेको छ ।