स्याङ्जामा सलह मारेर ल्याउनेलाई प्रतिकिलो ३ सय दिने घोषणा

स्याङ्जामा सलह मारेर ल्याउनेलाई प्रतिकिलो ३ सय दिने घोषणा
मङ्लबार, असार १६, २०७७

स्याङ्जा- स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ ।

भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो ।

गाउँपलिकाका अध्यक्ष सुधीर पौडेलले सलह नियन्त्रणको लागि यस्तो व्यवस्था गरिएको जानकारि दिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गरेका छन् ।

उनले आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन भनेका छन् ।