मनाङ कोरोना संक्रमण मुक्त जिल्ला

मनाङ कोरोना संक्रमण मुक्त जिल्ला
मङ्लबार, असार १६, २०७७

मनाङ, हिमाली जिल्ला मनाङमा ५७ वर्षीय पुरुष कोरोना जितेर डिस्चार्ज भएसँगै मनाङ कोरोना संक्रमण मुक्त जिल्ला भएको छ ।

मनाङमा भेटीएका एकमात्र संक्रमित सोमबार कोरोनामुक्त भएसँगै हाललाई मनाङ कारोनामुक्त जिल्ला भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औं दिनमा स्थायी ठेगाना कपिलवस्तुको वाणगंगा घर भई मनाङमा कार्यरत ५७ वर्षीय कर्मचारी घर फर्किएका छन् ।

जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत ५७ वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचर्यले बताए ।

११ दिनकोे उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको आचर्यले बताउन्भयो । यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ ।

मनाङमा ३० जनाको पिसीआर परिक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचर्यले जानकारी दिए । हालसम्म मनाङमा एकसय ६७ जनाको आरडिटी परिक्षण गरिएको छ ।

मनाङमा निर्माण गरिएको ९३ बेड क्षमताको क्वारेन्टाइन र ६ बेडको आइसोलेसनमा हाल कोही पनि नभएकोे जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।