सिंहदरबार भित्रै नायव सुब्बाहरु आन्दोलित

सिंहदरबार भित्रै नायव सुब्बाहरु आन्दोलित
मङ्लबार, असार १६, २०७७

काठमाडौं, संसदीय समितिले निजामति सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु सिंहदरबारभित्रै आन्दोलनमा उत्रिएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोठ्ने काम भएको भन्दै नासुहरु आन्दोलनमा उत्रिएका हुन् ।

विभिन्न मन्त्रालयमा कार्यरत नासुहरुले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका हुन् । आन्दोलित नासुहरुले ऐनले आफुहरुलाई विभेद गरेको बताउएका छन् ।

निजामति सेवा ऐन २०४९ ले दिएको वृद्धि विकास खोसेर ऐन ल्याएकाको उनिहरुले आपत्ति व्यक्त गरेका हुन् ।

विधेयकका नयाँ व्यवस्थाहरूले राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको वृत्ति विकासमा गम्भीर असर परेको गुनासो उनीहरुले गरेका छन् ।

तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग उनीहरुको छ । कुनै पनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि राखेका छन् ।

सरकारले आफ्ना मागहरु पुरा नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।