कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न स्वास्थ्यमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण पत्र

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न स्वास्थ्यमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण पत्र
मङ्लबार, असार १६, २०७७

काठमाडौं । नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ ।

कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएका हुन् ।

क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीहरुले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको उनले बताए ।

महतको नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, मोहनबहादुर बस्नेत, चन्द्र भण्डारी र गगनकुमार थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर कोरोना संक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास र सुधार गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएका हुन् ।