थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३५६४ पुग्यो

६० जना संक्रमणमुक्त

थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३५६४ पुग्यो
मङ्लबार, असार १६, २०७७

काठमाडौं-नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७१ महिला र २४५ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

आज सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ । त्यहाँ २ हजार ४ सय ५७ जना कुल संक्रमित रहेका छन् । त्यस्तै प्रदेश नम्बर ५ मा आज ४७ जना गरी ३ हजार ८ सय ७ जना संक्रमित रहेका छन् ।

प्रदेश नम्बर २ मा आज ८२ गरी कुल ३ हजार ७ सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित आजसम्म १ हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी १ हजार ४ सय ३६ जना संक्रमित रहेका छन् ।

त्यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल ५ सय ९५ र बागमती प्रदेशमा ाज १६ गरी कुल ४ सय २८ जना संक्रमित रहेका छन् । अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् ।

देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । आज ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् ।

योसँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेका छन ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।