नागरिकता विधेयक खारेजीको माग गर्दै जसपाका नेताले गरे वीरगन्जमा प्रदर्शन

नागरिकता विधेयक खारेजीको माग गर्दै जसपाका नेताले गरे वीरगन्जमा प्रदर्शन
मङ्लबार, असार १६, २०७७

पर्सा । यसबैबीच सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयक खारेजीको माँग गर्दै जनता समाजवादी पार्टी पर्साले पनि वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।

समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागितामा मंगलबार वीरगन्जमा निकालिएको जुलुसले महानगर परिक्रममा गरेको थियो ।

विरोध जुलुसमा सहभागिहरुले नागरिकता संशोधन गर्न पाईदैन, विभेदकारी सविधान खारेज गर्न, केपी तेरो पाराले दुख पायो साराले, नेपाल भारतबिचको सम्बन्ध कायम गर, महिलामाथी विभेद गर्न पाईदैनसहितका नारा लगाएका थिए ।

नगरपरिक्रममा पछि जुलुस घण्टाघर चोक पुगेर सभामा परिणत भएको थियो । सभालाई संबोधन गर्दै प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले नागरिकता ऐन संशोधन विधेयक ल्याएर मधेस र मधेसीको संस्कृत माथि सरकारले प्रहार गरेको भन्दै संकृति मेटाएर शासन गर्ने प्रयास गरेको बताए ।

मधेसी जनता आफनो अधिकारको लागि जस्तासुकै संघषका लागि तयार रहेको भन्दै ओली सरकारले विधेयक फिर्ता नलिएर त्यसको परिणाम नराम्रो हुने उनको चेतावनी छ । संसदबाट घेराबन्दी गर्ने र सडकबाट पनि कडा आन्दोलन गर्ने उहाँको भनाई छ । विरोध प्रदर्शनमा जसपाका अन्य नेतासँगै स्थानीय महिलारुको उल्लेख्य उपस्थिति रहेको थियो ।