कोरोनाको लक्षण नभएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नः स्वास्थ्य मन्त्रालय

कोरोनाको लक्षण नभएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नः स्वास्थ्य मन्त्रालय
मङ्लबार, असार १६, २०७७

काठमाडौं-कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिसँग पीसीआर परीक्षणको रिपोर्ट नखोज्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाहिरबाट आएका व्यक्तिमा पनि कोरोनाको लक्षण नदेखिए परीक्षण आवश्यक नभएको बताए।

उनले विदेशबाट आएकाहरु १४ दिन क्वारेन्टाइनमा बसेपछि सो व्यक्तिलाई पीसीआर परीक्षण नगरे पनि घर प्रवेश गर्न दिन आग्रह गरेका हुन् ।

डा. गौतमका अनुसार २ साता क्वारेन्टाइनमा बसेको प्रमाण भएमा र क्वारेन्टाइनमा बसेको व्यक्तिमा कोरोनाको लक्षण नभएमा पीसीआर परीक्षण नगरी घर पठाउन मिल्छ । कोरोना संक्रमणको कुनै लक्षण नभएको व्यक्तिबाट कोरोना नसर्ने पनि डा. गौतमले बताए ।