व्यवसायी मर्कामा परेको भन्दै लबिम मलले भाडामा ५० प्रतिशत छुट दियो

व्यवसायी मर्कामा परेको भन्दै लबिम मलले भाडामा ५० प्रतिशत छुट दियो
मङ्लबार, असार १६, २०७७

काठमाडौं । कोरोना भाइरस माहामारीका कारण गरिएको लकडाउनले व्यवसायनै ठप्प भएपछि घरधनी र सपिङ मलले भाडामा ५० प्रतिशतसम्म छुट दिन थालेका छन्।

तीन महिना भन्दा बढी व्यापारनै नभएर कोठा छोड्न थालेपछि धरधनीले भाडा छुट दिन सुरुवात गरेका हुन्। दरबारमार्ग रहेको लबिम मलले व्यवसायी मर्कामा परेको भन्दै ३ महिनाको भाडामा ५० प्रतिशत छुट दिएको छ।

चैत महिनाको भाडा फागुनमै दिएको हुनाले वैशाख, जेठ र असार महिनाको भाडामा ५० प्रतिशत छुट दिएको लबिम मलका लिज प्रबन्धक मोहम्मद अलिमले बताएका छन् ।

उपत्यकाको भक्तपुर, काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा सटर भाडामा लगाएका घरबेटीहरूले छुट दिनुपर्ने माग आईरहेका छन् । यता न्युरोड र ठमेलमा सटर हुनेहरुमध्ये ५० प्रतिशत घरबेटीले व्यवसायी महासंघमार्फत छुट दिने सुरूवात गरिसकेका छन् ।