काठमाडौं आएका सलह कीरा कागको आहार !

काठमाडौं आएका सलह कीरा कागको आहार !
मङ्लबार, असार १६, २०७७

काठमाडौं- भारतबाट तराईंका जिल्ला हुँदै नेपाल छिरेका सलह कीरा काठमाडौं पनि आइपुगे छन् ।

मंगलबार साँझको समयमा सलहको सानो झुण्ड काठमाडौं उपत्यकाका आकाशमा देखिन्थे ।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट सलह प्रवेश गरेको जनाएको छ ।

काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।

काठमाडौंमा छिरेका सलहलाई कागले आफ्नो आहारा बनाएको छ । एकैपटक हुल बनेर आएका सलहको हुल भएतिरै कागको पनि बथान उडेको देखिन्थ्योँ । सँगै कागले उडिरहेका सलहलाई आफ्नो आहारा बनाएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट भएका छन् ।