कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन
बुधबार, असार १७, २०७७

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए ।

६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी छन्त्याल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् ।

उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् । उनको बुधबार दिउँसो पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति कुँवरले जानकारी दिए ।