आफ्नो चरित्र हत्या भएको भन्दै भुवन केसीले दिए साम्राज्ञी विरुद्ध उजुरी

आफ्नो चरित्र हत्या भएको भन्दै भुवन केसीले दिए साम्राज्ञी विरुद्ध उजुरी
शुक्रबार, असार १९, २०७७

काठमाडौँ । कलाकार एवं निर्माता भुवन केसीले नायिका सामाग्री राज्यलक्ष्मी शाह विरुद्ध कलाकार संघमा उजुरी दिएका छन् ।

शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै उनले संघमा उजुरी दिएका हुन । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग समेत गरेका छन् ।

‘आजभन्दा ५–६ वर्षअगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन ।’ उनले उजुरी लेखेका छन – ‘यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ ।’

साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्‍नामी भएको भुवनले दाबी गरेका छन् ।

यसअघि केसीले सामाजिक सञ्जालमा साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको लामो स्टाटसमा झुटा लाञ्छना लगाएमा कानुनी उपचारमा जाने चेतावनी दिएका थिए ।