सिमा विवादकै विच भारतीय प्रधानमन्त्री मोदी लद्दाखमा

सिमा विवादकै विच भारतीय प्रधानमन्त्री मोदी  लद्दाखमा
शुक्रबार, असार १९, २०७७

एजेन्सी । भारत चीन सीमामा तनावको स्थिति रहेकै बेला भारतीय प्रधानमन्त्री  लद्दाख पुगेका छन ।

मोदी शुक्रबार लद्दाखको राजधानी लेह पुगेको भारतीय संचारमाध्यमले जनाएका छन्।

उनीसंगै चीफ अफ डिफेन्स स्टाफ विपिन रावत पनि शुक्रबार बिहानै लेह पुगिसकेका छन्। यसअघि वायुसेना प्रमुख र सेनाप्रमुख पनि लेह पुगिसकेका थिए।

प्रधानमन्त्री मोदीले सेनाका जवानहरुलाई भेटेका छन्। यस्तै मोदीले गलवान भिडन्तमा घाइते भएर लेहमा उपचार गराइरहेका जवानहरुलाई पनि भेट्नेछन्।