होटल तथा एयरलाइन्स खोल्ने तयारीमा जुट्दै सरकार

होटल तथा एयरलाइन्स खोल्ने तयारीमा जुट्दै सरकार
शुक्रबार, असार १९, २०७७

काठमाडौं-लकडाउनका कारण करिब ४ महिनादेखि बन्द रहेको होटल तथा एयरलाइन्स क्षेत्र खोल्ने तयारीमा सरकार जुटेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले आज पत्रकामर सम्मेलन गर्दै होटल र उडान खोल्ने तयारीमा सरकार रहेको र थप गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले भने, ‘अब विस्तारै होटल तथा उडान खोल्दै जानुपर्छ । उनीहरुलाई प्रोटोकल फलो गरेर खुला गर्न तयारी गर्नुस् भनेका छौँ ।’

चैत ११ गतेदेखिको लकडाउनका कारण पर्यटकीय, उद्योग लगायतका क्षेत्रहरु प्रभावीत भएका छन । नेपालमा झण्डै १० खर्ब लगानी रहेको भनिएको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित छ ।