जनप्रतिनिधि नै ठेकेदार भएपछि, ‘जनता सास्तीमा सांसद मस्तिमा’

जनप्रतिनिधि नै ठेकेदार भएपछि, ‘जनता सास्तीमा सांसद मस्तिमा’
शुक्रबार, असार १९, २०७७

नरेश सर्राफ

पर्सा-बिगत ३ दशकदेखि पर्सा जिल्लाको पश्चिमतिरका करिब ३० गाउँमा पोखरिया–लंगडी–भिस्वा सडकखण्ड निर्माण चुनावमा भोट झार्ने मुद्दा बन्दै आएको छ । वर्षौपछि यसपटक यस सडक खण्डको ठेक्का सम्झौता मात्र भएपनि अघि बढेको छ । यति मात्र हुँदासमेत जिल्लाको कालिकामाई, धोविनी र छिपहरमाई गाउँपालिका अन्तरगतका स्थानीय बासिन्दामा खुसी भएका थिए । तर उनीह्रुको खुशी असारको पहिलो साता नै परेको पानीका कारण आएको बाढिले बगाइदिएको छ ।

ठेक्का सम्झौता भएर निर्माण सुरु भएको पोखरिया–लंगडी–भिस्वा सडक झरिका कारण थप जोखिमपूर्ण बनेको छ । असारको पहिलो साता नै आएक बाढिले बाटोमा क्षति पु¥याएपछि त्यसयता पटक पटक परेको पानीले साबिक भन्दा जोखिमपूर्ण बनाएको छ । तत्कालीन समाजवादी पार्टीबाट प्रदेशसभा सदस्यमा जितेका प्रदेश २ का सांसद सिंघासन साह कलवारको कम्पनीसमेत संलग्न भएको ठेकेदार कम्पनीले ग्राभेल सडकमा बर्षायाम मैं चिप्लो माटो हालेर अलपत्र छोड्दा पोखरिया देखि मिर्जापुरसम्मको बाटो हिलाम्य भएको छ ।

अहिले कालिकामाई, धोविनी र छिपहरमाई गाउँपालिकालाई पर्साको पोखरीया नगरपालिका हुँदै सदरमुकाम वीरगन्जसंग जोड्ने मुख्य सडक निर्माण नहुँदा स्थानीय चरम समस्यामा छन् । ग्राभेल गर्ननका लागि ग्राभेल झारेको पनि एकमहिना नाघेको छ । ग्राभेलका कारण सडकमा एम्बुलेन्स समेत रोकिने अवस्था छ ।

तर, ठेकेदारसमेत रहेका सांसद कसैको गुनासो नसुन्ने भएका छन् । स्थानीय जनप्रतिनिधिले गरेको फोनसमेत उनले नउठाउने गरेको स्थानीय रामनाथ चौरसिया बताउँछन् । रोशन, रन्जन र सागर गरी तीनवटा ठेक्दार कम्पनी संयुक्त ठेक्का लिएपनि अहिलेसांसद कलवारको कम्पनी रन्जनले मात्र सडक निर्माण गरीरहेको छ ।

यो सकड दिनहुँ सवारीसाधन दुर्घटना हुने तथा अड्किने समस्या देखिएको छ । जसका कारण स्थानीयहरु पैदल यात्रा गरेर सदरमुकाम जानुपर्ने अवस्था छ । पोखरिया देखि बसन्तपुरसम्म र कालिकामाईको मुर्ली देखि धोविनीको लंङ्गडी चोकसम्म साबिक बाटोले पहिले धानेकै अवस्था थियो । पहिले धोविनीकै हरिहरपुरदेखि छिपहरमाईको मिर्जापुरसम्मको बाटो जिर्ण भए अन्यत्रा समान्य थियो ।

तर, अहिले सडक हिलोका कारण त्यो सडकसवारी साधनचल्नै नसक्ने अवस्था बनेको छ । देशमा लोकतन्त्र र गणतन्त्र आए पनि जनताको गुनासो उपर सुनवाई हुन छाडेको पूर्वपन्चायत प्रमुख विश्वनाथ साह बताउँछन् । पोखरिया नगरपालिका देखि छिपहरमाई गाउँपालिकासम्म १२.७ किलोमिटर कालोपत्र सडक निर्माणको लागि प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात पूर्वाधार निर्देशनालयले भ्याटसहित २० करोड २१ लाख २७ हण्जार रुपैया बजेट छुट्याएको थियो ।

निर्माण कम्पनीहरुले ३३ प्रतिशत घटि अर्थात भ्याट सहित १३ करोड ५६ लाख ७४ हजार रुपैयामा ठेक्का हात पारेका थिए । २०७८ असार १३ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । ग्राभेल भएको सडकमा जेष्ठको अन्तिम सातामा माटो पुरेर अलपत्र अवस्थामा छाडेपछि बर्षाशुरु भएसंगै पुृरै बाटो नै हिलामय भएको हो । कालिकामाई गाउँपालिकाका स्थानीय हिलोका कारण मोटरसाइकलमा चप्पल झण्ड्याएर हिलाम्य हुँदै दैनिक पोखरीया बजार आउँने गरेका छन् ।

देशमा व्यापारी, तस्कर र ठेकेदार जनप्रतिनिधि बनेका कारण देशको हालत थप दयनीय बनेको जानकारहरुको बुझाई छ । सडक निर्माण जिम्मा लिएका ३ वटा ठेक्दार कम्पनी भएपनि सांसद कलवारको निर्माण कम्पनी रन्जन जेभीले नै सडक निर्माणको सम्पूर्ण काम गर्ने भन्दैअन्य कम्पनी उपस्थित छैनन् । तर, हाल सम्म कम्पनीले तीन वटा कल्र्भट र माटो खसाली १० प्रतिशत मात्र काम पुरा गरेको पूर्वाधार विकास कार्यालय पर्साले जनाएको छ । विकास निर्माणका कामको अनुगभन गर्ने र दवाव दिने जिम्मेवारी पाएका जनप्रतिनिधै ठेक्केदार बन्दा नागरिकलाई कस्तो हुन्छ भनेर हेर्न यही सडक काफि उदाहरण बनेको छ ।