आज एकैदिन ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

२४ घण्टामा ८२३ जना कोरोना संक्रमणमुक्त

आज एकैदिन ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो
शुक्रबार, असार १९, २०७७

काठमाडौं-आज ७ सय ४० जना कोरोना संक्रमित थपिएका छन । योसँगै नेपालम संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर २ मा ३ हजार ९ सय ९५ र बागमती प्रदेशमा ५ सय ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ११ सय १८, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ९१, कर्णाली प्रदेशमा १ हजार ५ सय ३९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।

सरकारले क्यान्सर र डाइविटिजका विरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । त्यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने विरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए । अहिले देशभरीका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन् ।

त्यस्तै देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ८४ जना उपचाररत रहेका छन् । आजसम्म ६ हजार १ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।