काठमाडौंका एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु, मृतकको संख्या ३२ पुग्यो

काठमाडौंका एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु, मृतकको संख्या ३२ पुग्यो
शुक्रबार, असार १९, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण एक जनाको ज्यान गएको छ । काठमाडौंको बानेश्वरका एक ८५ वर्षका वृद्धको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।