गलवान उपत्यका भारतको भएको मोदीको दाबी

गलवान उपत्यका भारतको भएको मोदीको दाबी
शुक्रबार, असार १९, २०७७

एजेन्सी , भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान अचानक भारतको उत्तरी सीमा लेह पुगका छन् ।

मोदिले सिमाक्षेत्रकम तैनाथ सैनिकलाई सम्बोधन गरेका छन् ।

उनले आफ्नो सम्बोधनमा १४ कोरको बहादुरी दुनियाको हरेक ठाउँमा फैलिएको बताएका छन् ।

उनले सम्बोधनका क्रममा गलवान उपत्यका भारतको रहेको दाबी गरेका छन् । चीनको नाम नलिएर बोलेका मोदीले विस्तारवादको युग अब सकिएको चेतावनी दिएका छन् ।

प्रधानमन्त्री मोदिले सिमाक्षेत्रमा खटिएका सैनीकले गरेको काम विश्वमानै अतुलनिय रहेको भन्दै प्रसंशा गरेका छन् ।