लिटल फ्लावर्स ईङ्लिस स्कुलमा तालाबन्दी

लिटल फ्लावर्स ईङ्लिस स्कुलमा तालाबन्दी
शुक्रबार, असार १९, २०७७

झापा, झापाको बिर्तामोड ४ स्थित लिटल फ्लावर्स ईङ्लिस स्कुलमा तालावन्दी गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र नेपाल विद्यार्थी संघ झापाले लकडाउनका समयमा समेत अभिभावकबाट रकम असुल्न खोजेको भन्दै तालाबन्दी गरेका हुन ।

लकडाउनका कारण स्कुल बन्द रहँदा पनि विद्यार्थीको मासिक शुल्क तिर्न अभिभावकलाई ताकेता गरेको समाचार सगरमाथा टेलिभिजनले प्रसारण गरेको थियो ।

सोही आधारमा तालाबन्दी गरिएको नेबिसंघका जिल्ला सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए ।

सरकारको आधिकारिक निर्णय बिना अभिभावकसंग रकम असुल्ने काम नगर्न समेत झापामा संचालित निजी बिद्यालयलाई बिद्यार्थी संगठनहरुले चेतावनी दिएका छन ।