पाकिस्तानमा तिर्थालु सवार गाडी दुर्घटना हुँदा २१ जनाको मृत्यु

पाकिस्तानमा तिर्थालु सवार गाडी दुर्घटना हुँदा २१ जनाको मृत्यु
शनिबार, असार २०, २०७७

काठमाडौं – पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ ।

कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शिखरुको प्रमुख धार्मिक स्थल नानकनाबाट घर फर्किँदै गर्दा मृत्यु भएका २१ जनामा धेरैजसो एकै घरपरिवारको रहेको बताइएको छ । दुर्घटनामा अरु १० जना घाइते भएका छन् ।