भोलेन्टियर्स संघद्धारा विरामीलाई पानी र खाना वितरण

भोलेन्टियर्स संघद्धारा विरामीलाई पानी  र खाना वितरण
शनिबार, असार २०, २०७७

काठमाडौँ । नेपाल भोलेन्टियर्स संघले सबैलाई सफा पानी अभियान अन्र्तगत काठमाडौं उपत्यकाका सरकारी अस्पतालका बिरामी र कुरुवालाई निशुल्क खाना र पानी वितरण गरेको छ ।

लकडाउनको समय अस्पताल बसाईमा समस्या उत्पन्न हुने र किनेर समेत खाने अवस्था नहुने भन्दै संघले निशुल्क खाना र एक एक केश पानी वितरण गरेको हो ।

अभियान अन्र्तगत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पातालमा छ सय केस पानी, मनमोहन कार्डियो सेन्टरमा पाँच सय केस, पाटन अस्पतालमा चार सय केस, भक्तपुर अस्पताल र क्यान्सर अस्पतालमा पाँच सय केश पानी वितरण गरेको संघको उपाध्यक्ष सीता सुवेदीले जानकारी दिईन ।

भोलेन्टियर्स संघमा आबद्ध सन्तोष निरौला, हरि ठकुरी, मन्जु मिश्र, पेम्बा छिरि शेर्पा र मोहन गमाललगायतले विरामी र कुरुवालाई खानासहित पानी वितरण गरेका हुन् ।