गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित
शनिबार, असार २०, २०७७

कास्की । गण्डकी प्रदेशमा थप १६ जना कोरोना भाईरस संक्रमित थपिएका छन । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवन गरिएको परिक्षणमा १६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ७ जना, म्याग्दीका ३ जना र बागलुङका २ कास्कीका २ तनहुँका १ र स्जाङजाका १ जना रहेका छन् । १६ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०७९ पुगेको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।