नेकपा स्थायी समिति बैठक असार २२ सम्मका लागि स्थगित

नेकपा स्थायी समिति बैठक असार २२ सम्मका लागि स्थगित
शनिबार, असार २०, २०७७

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक असार २२ गतेसम्मका लागी स्थगित भएको छ ।

सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।