भोलीबाट सार्वजनिक यातायात चलाउने बारे कुनै निर्णय भएको छैन–महासचिव सिटौला

भोलीबाट सार्वजनिक यातायात चलाउने बारे कुनै निर्णय भएको छैन–महासचिव सिटौला
शनिबार, असार २०, २०७७

काठमाडौँ । यातायात व्यवसायीले भोलीबाट सार्वजनिक यातायात चलाउने  भन्ने समाचारमा कुनै सत्यता नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

विभिन्न सञ्चारमाध्यममा आएजस्तो सार्वजनिक यातायात सन्चालन सम्बन्धि महासंघबाट कुनै निर्णय नभएको महासचिव सरोज सिटौलाले बताएका छन ।

सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सञ्चारमाध्याम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको जनाएका छन ।

महासङ्घले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको उल्लेख गर्दै उनले नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासङ्घले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने जनाएका छन्।