आज २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो

निको हुनेको संख्या ६ हजार ४१५ पुग्यो

आज २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार नाघ्यो
शनिबार, असार २०, २०७७

काठमाडौं- नेपालमा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

त्यस्तै नेपालमा आज २७२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।