गोगंबुको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रोबसमा क्षति

गोगंबुको एक ग्यारेजमा आगलागी हुँदा ८ वटा माइक्रोबसमा क्षति
आइतवार, असार २१, २०७७

काठमाडौं- काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेको छ ।

आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले जनाएको छ । बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।