कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
आइतवार, असार २१, २०७७

काठमाडौँ । समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने बताइएको छ ।