प्रचण्डसहित नेकपाका शीर्ष तीन नेता शीतल निवासमा

प्रचण्डसहित नेकपाका शीर्ष तीन नेता शीतल निवासमा
आइतवार, असार २१, २०७७

काठमाडौं- नेकपा संकट चर्कंदै गइरहेका बेला पार्टीका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका नेताहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई र राष्ट्रपतिलाई अविस्वास र महाभियोग लगाएर हटाउन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टीकरणका लागि उनीहरु शितल निवास पुगेको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपतिलाई भेटेका थिए ।