काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमित भेटिए

काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमित भेटिए
आइतवार, असार २१, २०७७

काठमाडौं-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जना गरी ३० जना मा संक्रमण पुष्टि भएको हो ।