नेकपाका शीर्षनेताहरुले गरे राष्ट्रपतिसँग भेटवार्ता, महाअभियोग लगाउनेबारे कुनै छलफल नभएको भनाइ

नेकपाका शीर्षनेताहरुले गरे राष्ट्रपतिसँग भेटवार्ता, महाअभियोग लगाउनेबारे कुनै छलफल नभएको भनाइ
आइतवार, असार २१, २०७७

काठमाडौं-नेकपाका शीर्षनेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गरेका छन् । शीतलनिवासमा भएको भेटमा नेताहरुले अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने वा हटाउनेबारे कुनै छलफल नभएको बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिमाथि षड्यन्त्र भइरहेको बताएका थिए । शीतलनिवासबाट फर्केर प्रधानमन्त्रीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

त्यहाँ पनि प्रधानमन्त्रीले राष्ट्रपतिमाथि षडयन्त्र भइरहेको बताएका थिए । प्रधानमन्त्रीले यस्तो आरोप लगाएको भोलिपल्टै नेकपाका शीर्ष नेताहरु आज शीतलनिवास पुगेका हुन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार लगायतका नेताहरु राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।