कोरोनाबाट जोगिन भारतका एक व्यापारीले सुनको मास्क लगाए

कोरोनाबाट जोगिन भारतका एक व्यापारीले सुनको मास्क लगाए
आइतवार, असार २१, २०७७

एजेन्सी-कोरोना भाइरस कोभिड १९ बाट जोगिन मास्क अनिवार्य भएको छ । संक्रमणबाट जोगिन भारतका एक व्यापारीले भने सुनको मास्क लगाउन थालेका छन्।

पुनेका शंकर कुरहडे नाम गरेका ती व्यापारीले चार हजार अमेरिकी डलर मूल्य पर्ने मास्क लगाउन थालेका हुन्। ६० ग्राम सुनको उक्त मास्क बनाउन शिल्पकारलाई आठ दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपी लेखेको छ ।

४९ वर्षीय ब्यापारी पुनेकाले सुनको मास्क लगाएको देखेर अन्य मानिसहरु अचम्मित भएका छन् । भारतमा अहिलेसम्मा ६ लाख ७५ हजार बढी संक्रमित छन् भने १९ हजार बढिले ज्यान गुमाएका छन् ।