विदेशबाट उद्दार गरिएका व्यक्ति सवारी भाडादरमा ठगिएको भन्दै व्यवसायी विभाग पुगे

विदेशबाट उद्दार गरिएका व्यक्ति सवारी भाडादरमा ठगिएको भन्दै व्यवसायी विभाग पुगे
आइतवार, असार २१, २०७७

काठमाडौं-यातायात व्यवसायीहरुले विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन माग गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका पदाधिकारीहरुले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पु¥याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन ।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले सीसीएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गरे ।

उनले विभागले टेण्डर हालेर, कोटेशन निकालेर गर्नुपर्ने विषय नभएको र सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न आग्रह गरे ।

उनले सवारी उपलब्ध नभए विभागले जसरी पनि उपलब्ध गराउने भनेको तर टेण्डर निकाल्नु पर्ने विषय नभएकाले व्यवसायीहरुलाई गाडी उपलब्ध गराउन जानकारी भने गराइएको बताए ।

व्यवसायीहरुले भने विभागले कुनै लिखित सूचना नदिएको बताएका छन । उनीहरुले विदेशबाट नेपालमा कति मानिस भित्रिए र कति मानिससँग कति भाडा लिएर पठाईयो त्यसको सूचना आफुहरुले पाउनुपर्ने हक रहेको भन्दै सूचना दिन माग गरेका छन ।