चौबीस घण्टामा ४ हजार ७ सय १० जनाको पीसीआर परिक्षण

चौबीस घण्टामा ४ हजार ७ सय १० जनाको पीसीआर परिक्षण
आइतवार, असार २१, २०७७

काठमाडौं-देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १० जनाको पीसीआर विधिवाट कोरोना परीक्षण भएको छ ।

आजसम्म २ लाख ५१ हजार ७ जनाको परीक्षण भएको छ । यस्तै अहिले क्वारेन्टिनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन् । ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

मन्त्रालयले क्वारेन्टिनमा बस्दा अनिवार्य मास्क लगाउन र क्वारेन्टिन बस्नु र जानुपूर्ण अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।