इराकस्थित अमेरिकी दूतावासमा ‘रकेट बम’ हमला

इराकस्थित अमेरिकी दूतावासमा ‘रकेट बम’ हमला
सोमवार, असार २२, २०७७

बगदाद- इराकी सुरक्षा बलले राजधानी बगदादको ग्रिन जोन इलाकामा आइतबार अमेरिकी कूटनीतिज्ञ तथा सैन्य ठाउँलाई निसाना बनाएर दुईवटा रकेट बम हमला गरेको छ ।

इराकी सेनाका अनुसार पहिलो हमला ग्रिन जोनमा रहेको अमेरिकी दूतावास छेउमा भएको छ भने दोस्रो बगदाद नजिकै रहेको सैन्य अड्डालाई निसाना बनाएर गरिएको थियो । तर, ती हमला असफल बनेका छन् । सेनाका अनुसार रकेट ग्रिन जोनभन्दा केही पर रहेको एउटा घरको नजिक पुगेर झरेको थियो ।

उक्त हमलाबाट घरमा क्षति पुग्नुका साथै एक बालक घाइते भएका छन् । सुरक्षा बलले दोस्रो रकेट हमलालाई पनि असफल पारिदिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार अक्टोबरदेखि अहिलेसम्म अमेरिकी कूटनीतिज्ञ तथा सुरक्षा बलप्रति तीन दर्शनभन्दा बढी मिसाइल हमला भइसकेका छन् ।

अमेरिकाले यसका लागि इरान समर्थित लडाकुहरूलाई दोष दिएको छ । त्यसैगरी समाचार एजेन्सी रोयटर्सले अहिलेसम्म कुनै पनि इरान समर्थित समूहले उक्त हमलामा सहभागी नभएको बताएको छ ।