नेकपा स्थायी कमिटी बैठक बस्दै, त्यसअघि अध्यक्षद्वयको भेटवार्ता

नेकपा स्थायी कमिटी बैठक बस्दै, त्यसअघि अध्यक्षद्वयको भेटवार्ता
फाइल तस्वीर
सोमवार, असार २२, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्ल्लो समय पार्टीभित्र देखिएको विवाद, सरकारको काम कारबाही, एमसीसी, कोरोनचा भाईरस नियन्त्रणमा सरकारले चालेको कदमलगातका विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।

नेकपाले ७ बुंदे एजेण्डा तय गरेपनि पछिल्लो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयमा बैठक केन्द्रीत बन्दै आएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारीगरेसंगै भारतसंग मिलेर आफ्नै पार्टीका नेताहरुले सरकार ढाल्न खोजेको सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाभित्र तरंग फैलिएको छ । ओली ईतरका नेताहरुले प्रमाण भए कारबाही गर्न अन्यथा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् ।

यसैबीच, नेकपा स्थायी कमिटी बैठक अगावै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल हुँदैछ ।

पार्टीको एकता कायम राख्न हदैसम्मको पहल गर्ने निष्कर्षसहित हिजोको बैठक टुंग्याएका अध्यक्षद्वयले आज पनि छलफल गर्न लागेका हुन् ।