प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड छलफलमा जुटे

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड छलफलमा जुटे
सोमवार, असार २२, २०७७

काठमाडौं- सत्तारुढ नेकपाको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्।

स्थायी कमिटी बैठक स्थगित भएसँगै अध्यक्ष प्रचण्ड छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। अहिले दुवै अध्यक्षबीच छलफल चलिरहेको जनाएको छ।

ओली र प्रचण्डबीच आइतबार पनि बालुवाटारमा छलफल भएको थियो। आइतबारको छलफलमा कुनै विषयमा पनि सहमति हुन सकेको थिएन्।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। ओली भने दुवै पद नछोड्ने अडानमा छन्। जसले गर्दा नेकपाभित्रको विवाद चुलिएको छ।